युवा समाजसेवी शंकरमान तामाङ द्वारा १७० छात्र छात्राहरु लाई पोशाक तथा स्टेशनरी वितरण

तेमाल चुखा – समाजसेवी तथा शिक्षा प्रेमी शंकर मान तामाङ र इटाली नागरिक पाउलो (paaulo krevary italian ) द्वारा तेमाल गाउँपालिका वडा न. २ स्थित श्री सर्वोद्धार मा. वि. चुखामा अध्ययनरत छात्र छात्राहरुलाई एक कार्यक्रमका बिच बुधबार पोशाक र स्टेशनरी वितरण गरेको छ ।

इस्टेसनरी वितरण कार्यक्रममा डिल्ली मान तामाङ को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी इटाली नागरिक पाउलो , विशेष अतिथि शंकर मान तामाङ , पुर्ब प्र. अ. धनबिर लामा लगायत सम्पूर्ण अभिभावक तथा विद्यार्थी हरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा शिशु कक्षा देखि कक्षा १० सम्मका १७० छात्र छात्राहरु लाई पोशाक तथा स्टेशनरी वितरण गरियो प्रधानाध्यापक ज्ञान्जा मान लामाले तेमाल खबरलाई जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानाध्यापक ज्ञान्जा मान लामाको स्वागत मन्तव्य रहेको थियो । स्वागत मन्तव्य राख्दै उनले भने विगत देखि समाजसेवी शंकर मान तामाङ ज्युले विद्यालयलाई मा.वि. शिक्षक देखि विद्यार्थीको शैक्षिक गुणस्तरको लागि स्टेसनरी कम्प्युटर सहयोग गर्दै आज पोशाक वितरण गरेकोमा धेरै धेरै धन्यवाद दिदै आगामी दिनहरूमा यसरी विद्यालयलाई गुणस्तर बनाउन सहयोग निरन्तरता दिन अनुरोध गर्नुभएको थियोे । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक आसमान तामाङले गरेका थिए ।

फोटो फिचर