अदालतमा महराले दिएको जवाफले,कानुन व्यवसायी, सरकारी वकिल र सुरक्षाकर्मी परे चकित !

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडांैमा उपस्थित गराइँदा केही हास्य दृश्य देखिएको थियो। मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास तोकिएको थियो।

इजलास अधिकृतले म्याद थपसम्बन्धी फाइल न्यायाधीश दाहालको च्याम्बरमा पुर्याएका थिए। बयानपछि पूर्वसभामुख महरालाई इजलासनजिकै रहेको स्रेस्तेदारको कोठामा केहीबेर राखिएको थियो। स्रेस्तेदारको कोठामा पुग्नुभएका महराले जिल्ला अदालतमा लागेको भीड देखेर अचम्म मान्नुभएको थियो।

उहाँले सँगै रहेका आफ्ना सहयोगी, कानुन व्यवसायी, सरकारी वकिल र सुरक्षाकर्मीलाई प्रश्न गर्नुभएको थियो– ‘हैन यहाँदैनिक यति धेरै मानिस मुद्दाका लागि नै आएका हुन् त ?’ उहाँसँग नजिकै रहेकाहरूले यहाँ दैनिक हजारौंको संख्यामा मुद्दा मामिलाका लागि नै आउने गरेको जानकारी गराएका थिए।

आदेश आउन समय लागेपछि उहाँसगै रहेका सरकारी कर्मचारीले चिया खाने सर भनेर उहाँलाई सोध्दा उहाँले आफूले कहिल्यै चिया पिउने नगरेको जानकारी गराउँदै ‘बरु पानी छ भने खाऊँन’ भनेर आग्रह गर्नुभएको थियो। कार्यालय सहयोगीले तुरुन्तै महराका लागि बोतलमा पानी ल्याएका थिए।

ती कार्यालय सहयोगीलाई नजिकै रहेका एक अधिकृतले गिलास ल्याउन आग्रह गर्नासाथ महराले ती अधिकृतलाई भन्नुभयो–‘अभियुक्तले पनि के गिलासमा पानी खानु ?’ उहाँले ‘पर्दैन बोतलबाटै खान्छु’ भनेर बोतलबाटै पानी खानुभएको थियो।

उहाँले पानी पिएको केही क्षणमा नै अदालतले ३ दिन म्याद थप गरेको पत्र थमाएपछि उहाँ नर्भिक अस्पतलतर्फ प्रस्थान गर्नुभएको थियो। मंगलबारको म्याद थपका लागि महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसहित ४ जना र सरकारको तर्फबाट एक जना सरकारी वकिलले बहस गर्नुभएको थियो। सभार नेपाल समाचार पत्र