गायक विशाल काल्तानलाई शब्दकार दबिन्द्र तामाङको खुल्ला पत्र।

प्रिय गायक

सर्वप्रथम त तामाङ समाजको गितसंगितमा विशेषत: सेलोमा तिमीले गरेको क्रान्तिले एक तह माथी पुऱ्याई संसारलाई चिनाउन सफल भएकोमा हार्दिक बधाई दिन चाहान्छु।

संगितका ताम्बा आदरणीय चन्द्रकुमार मोक्तान,चन्द्रकुमार दोङ पछि पछिल्लो पुस्ताको तामाङ संगितको पर्यायवाची भनेको मात्रा तिमी हो यसमा कुनै दुइ मत छैन। साँची नै भन्नु पर्दा तामाङ चाडपर्व,भोजभतेर,गाँउ शहर,कन्सर्ट,फिल्म,गाडी,मोबाइल,रेडियो,टेलीभिजन,होटेल,घर तिम्रो संगित,गित र अवाजबिना अपुरो हुन्छ।जतात्यतै गन्कीन्छ बिशाल कल्तान।

तामाङ सेलोमा तिम्रो योगदान अतुलनीय छ किनकी तिम्रो संगितमा मिहनत,लगाव,विविधता र मौलिकता छ।तिम्रो अवाज दामदार छ,मिठास छ अनि अभ्यास छ। तिम्रो शब्द लेखानमा जिवन्ता छ,अनुप्रासको तात्पर्य र स्पष्टीकरण छ,बिम्बा,प्रतीक अनि अलङकारको सही र सटिक प्रयोग छ। विचार र सन्देश छ।

हामी मानव सुन्दर सिर्जना मन पराउने प्राणी हो। गित संगित त मान्छेको हृदयमा अमिट छाप राख्ने साहित्यको शक्तीशाली विधाविशेष पनि हो।तिम्रो संगितिक कर्ममा कोन्ज्योसोमको वास छ।पेङ दोर्जे म्हेम्हेको अशिर्वाद छ र त सेलोले,टुङनाले,डाम्फुले अनि म्हेन्दोमायाले विशाल कल्तान खोज्छ।

मेरो विशाल
तिम्रो नामअनुसारकै तिम्रो सृजना पनि ठुलो नै छ। सायद तिम्रो दिल पनि ठुलो नै हुनपर्छ त्यसैले त सबैको मनमा बस्न सकेको छौ।मानव भएसी केही कमिकमजोरी हुन्छन नै । त्यो तिम्रो हकमा पनि लागु हुन्छ। तिमीलाई लाग्ने गरेको आरोप-एउटै गायक गायिकासँग धेरै गित गाउने अरूलाई अवसर नदिने,केही घमण्ड देखाउने,समाकालीनहरूसँग घुलमिल नहुने,निश्चित व्यक्तिहरूसँग मात्रा काम गर्दा रमाउने,नयाँ आउने प्रतिभाहरूलाई प्रोत्साहन नगर्ने,परिश्रमिक धेरै लिने।यी अरोपहरूलाई झुठा सबित गर।

अन्त्यमा प्यारो गायक तामाङ समाजको कथा,व्यथा,संस्कृति,संस्कार,सन्देश,शिक्षामुलक सृजना सुनिरहन पाओस,व्यक्तिगत,सामाजिक तथा राष्ट्रीय अनि अन्तर्राष्ट्रीय दायित्व वहन गर्न पनि सक्षम हुँदै जाओस, हार्दिक शुभकामना।

तिम्रो दर्शक