उपमेयरले दसैंको टीका लगाएर आफ्नो खुट्टा पिताजीलाई ढोक्न लगाए पछि, हेर्नुस् खास कारण

काठमाडौं – नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा मगर चर्चामा आएकी छन् । चर्चा मात्र हैन विवादमै तानिएकी छन् । उपमेयर उमाले दसैंको टीका लगाएर आफ्नाे पिताजीले अस्वभाविक तरिकाले खुट्टा ढोकेको फोटो आफ्नाे फेसबुकमा राखेेका थिइन् ।

अहिले फेसबुक प्रयोगकर्ताहरुले उक्त फोटोमा कमेन्ट र सेयर गरिरहेका छन् । कतिपयले अति भो, अचम्म भन्दै कमेन्ट गरिरहेका छन् ।

आफ्नाे फोटो विवादमा आएपछि उनले उक्त फोटो भने एकाउन्टबाट हटाएकी छन् । अन्य फोटो जस्ताको तस्तै छन् ।

हुन त मगर समुदायमा दसैंमा टीका लगाएर छोरीचेलीलाई ठूलाले नै ढोक्ने चलन रहेको छ । अन्य आदिवासी जनजातिमा पनि छोरीचेलीलाई ढोक्ने चलन छ ।

आफ्नो परम्परा र चलनअनुसार ठूलाबडालाई ढोक्न लाउनु स्वभाविक हो । तर उपमेयर जस्तो गरिमामय पदमा बसेको व्यक्तिले आफ्नाे पदीय हैसियत नै भुलेर सामाजिक उश्रृंखलता र विकृति विसंगति मञ्चाउने खालको काम गर्न सुहाउँदैन । नेतृत्व त अनुकरणीय हुनुपर्ने हो, तर यस्तो नेतृत्वको चालचलन र व्यवहारलाई कसरी अनुकरण गर्न सकिन्छ ? नेपालगञ्ज उपमहानगरका जनताले कस्ता व्यक्तिलाई जनप्रतिनिधि बनाएछन् ?

हामीले कस्ता व्यक्तिलाई आफ्नाे प्रतिनिधि चुन्दैछौ भन्नेबारे बारम्बार सोंच्नुपर्ने भएको छ,सोचिरहनुपर्नेछ ।