कक्षा ११ को नतिजा प्रकाशित {नतिजा हेर्ने तरिकासहित}

काठमाडौँ । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि गएको जेठमा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो। परीक्षामा ५ लाख ९ हजार ५२ जना विद्यार्थी सहभागी बनेका थिए।

कसको कुन जीपीए ?

बोर्डले प्रकाशन गरेको नतिजा अनुसार जीपीए ३ दशमलव ६१ देखि माथि ल्याउने २ हजार ३ सय १९ जना, जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याउने १३ हजार ७ सय ७२ जना, जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ल्याउने ३२ हजार २ सय ५३ जना  र जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ल्याउने ५४ हजार ८ सय १६ जना रहेका छन्।

यसैगरी, जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० सम्म ८४ हजार २ सय ३९ जना, जीपीए १ दशमलव ६१ देखि २ सम्म ८९ हजार ६ सय ५० जना, जीपीए १ दशमलव २१ देखि १ दशमलव ६० ल्याउने ४३ हजार ३७ जना तथा जीपीए ० दशमलव ८१ देखि १ दशमलव २० सम्म ८ हजार १ सय ७१ जना र ० दशमलव ८० सम्म २१ हजार ३ सय ४६ जना रहेका छन्।

साथै ३१ जनाको परीक्षा रद्द गरिएको छ।

नतिजा हेर्ने तरिका 

परीक्षाफल www.neb.gov.np
www.neb.ntc.net.np
www.edusanjal.com मार्फत् पनि हेर्न सकिने बार्डले जनाएको छ ।

यस्तै, मोबाइलबाट १६००  मा एसएमएस  गरेर पनि बुझ्न सकिन्छ । एसएमएसका लागि मोबाइलमा NEB टाइप गरी एक स्पेश दिएर सिम्बोल नम्बर टाइप गरि १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।