उपत्यकाव्यापी किक बक्सिङ भक्तपुरमा सम्पन्न ! उपाधी भक्तपुर नगरपालिका डोजोलाई

हेम बोम्जन / भक्तपुर : उपत्यकाव्यापी किक बक्सिङ बुधबार भक्तपुरमा सम्पन्न भएको छ । विद्या आर्जन डोजोको आयोजनामा तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकर प्रमुख अथितीमा सम्पन भएको दोस्रो उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधी भक्तपुर नगरपालिका डोजोले उचालेको हो ।

कराते तथा किक बक्सिङ प्रतियोगितामा भक्तपुर नगरपालिका डोजोको ६ वटा स्वर्ण सहित प्रथम भएको छ भने ठिमी डोजो ३ स्वर्ण सहित दोस्रो भएको छ भक्तपुर मेन डोजो ३ नै स्वर्ण सहित तेस्रो भएको छ ।

खेलमा महिला तर्फ २० केजी देखि ६० केजी र खुल्ला र पुरुष तर्फ पनि २० केजी देखि ६० केजी सम्म र खुल्ला तर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो । यसका साथै खेलमा विद्यालय तर्फ भने उमेर समूह अन्तर्गतको उपाधी हिम शिखर स्कुलले उचालेको छ ।

छात्रा तर्फ ७ बर्ष देखि १२ बर्ष सम्म र छात्र तर्फको ६ बर्ष देखि १२ बर्ष सम्मका विद्यार्थीहरु विच भएको खेलमा विद्यालय तर्फ टिम प्रथम हिमशिखर स्कुल भएको थियो भने टिम द्दितिय विद्या आर्जन स्कुल भएको थियो । यस्तै उक्त प्रतियोगितामा तृत्तिय भने समता शिक्षा निकेतन भएको थियो ।

उमेर समुह अन्तर्गत भएका खेलमा छात्र तर्फ ७ बर्ष देखि १२ सम्मका खेलाडी सहभागी रहेका थिए भने छात्रा तर्फ भने ६ बर्ष देखि १२ बर्ष सम्मका खेलाडी सहभागी रहेका थिए ।

प्रमुख अतिथि विकु थोकरले भने खेलको विकास जव सम्म नेपालमा हुन् सक्दैन तव सम्म हाम्रो विकास नहुने बताएका थिए उनले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने नारालाई नारामा मात्र नभएर ब्यवहारमा पनि उतार्नु पर्ने बताउनुभयो ।

यस्तै खेलमा महिला किक बक्सिङमा ४५ केजी र ५० केजी पुरुषमा ४५, ५० ५५ केजी खेल खेलाईएको थियो ।
खेलमा ४१ वटा स्वर्ण पदकका लागि खेल भएको खेलका संयोजक सूर्य लामाले जानकारी दिए ।