मलेसियामा प्रवासी कलाकार भेटघाट तथा सांगितिक दमाका कार्यक्रम २०१९ भब्यका साथ सम्पन्न

मलेसिया जोहोरबारू – नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया र नेपाली कलाकार परिवार मलेसियाको संयुक्त आयोजना मा जुलाई २१ तरिख आइतबार का दिन जोहोर बारुको बागुस सिटी होटलको छौटौं तल्लामा यसै दुई संस्थाका संस्थापाक अध्यक्ष प्रकाश वाइबाको सभाध्यक्षमा सम्पन्न भएको छ।

उक्त संगितिक कार्यक्रममा नेपाल प्रबाशी युवा मञ्च र नेपाली कलाकार परिवार मलेसियाको सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिनु का साथै संस्थापाक अध्यक्ष प्रकाश वाइबा ले दुबै संस्था स्थापित गर्नुका उद्देश्य र सस्थाको भावी कार्ययोजना बारे प्रष्ट परिएको थियो।

कार्यक्रम नेपाल प्रबासी युवा मञ्च र नेपाली कलाकार परिवार मलेसियाको संयुक्त रूपमा आयोजना गरिएको हो भने यस कार्यक्रममा दुबै सस्थाका पद-अधिकारी हरुले मिठो शैलीमा शुभकामना मन्तव्य राखेको थियो भने दुई दर्जन भन्दा बढी कलाकार हरुको बेजोड प्रस्तुति मा कार्यक्रम सप्पन्न भएको जानकारी यसै संस्थाका महासचिव दिनेश थिङले बताउनुभयो ।