प्रवासी कलाकार भेटघाट तथा सांगितिक दमाका कार्यक्रमको तयारी पुरा

मलेसिया जोहोरबारू – मलेसियाको जोहोरबारुमा प्रवासी कलाकार भेटघाट तथा सांगितिक दमाका कार्यक्रमको तयारी पुरा भएको छ ।

नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया र नेपाली कलाकार परिवार मलेसियाको संयुक्त आयोजना मा जुलाई २१ तरिख आइतबार का दिन जोहोर बारुको बागुस सिटी होटलको छौटौं तल्लामा भेटघाट तथा सांगितिक धमाका २०१९ कार्यक्रम हुने भएको हो ।

बिहान ११ बाजे देखि सुरु हुने कार्यक्रममा प्रवासमा रहेका दर्जन भन्दा बढी कलाकारहरूले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिने भएको छ ।

यस बृहत सांस्कृतिक धमाका हेर्न आउने हरूको लागि टिकटको व्यवस्था रहेको आयोजक टिमले जानकारी दिएको छ ।

  टिकट तथा थप जानकारीको लागि सम्पर्क :

    संस्थापक (अध्यक्ष) प्रकाश वाइबा        सम्पर्क :- +60 11-3322 1482