काभ्रेमा बुहारीले गर्यो सासुको हत्या

काभ्रे – काभ्रेको धुलिखेल नगरपालिका-१ देवीटारमा एक वृद्धाको हत्या भएको छ । मंगलबार  राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइली माया तामाङको हत्या भएको हो ।

 

राति १० बजे माइली माया तामाङको बुुुुहारी सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइली मायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिएको छ ।