तेमाल गाउँपालिका वडा नं.३ को अर्थिक बर्षा ०७६/०७७ को बजेट ७५ लाख २९ हजार ( पूरा विवरण )

तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ३ को अर्थिक बर्षा ०७६।०७७ को कुल बजेट ७५ लाख २९ हजार ४ सय रहेको छ ।

वडा अध्यक्ष बिष्णु बहादुर तामाङको अनुसार हाम्रो वडा सानो भएको कारण कम बजेट परेको जानकारी दिदै वडा स्तरीयबाट १९ योजनाहरूमा बजेट छुट्याएको अध्यक्ष तामाङले तेमाल खबरलाई जानकारी दिनु भयो ।

आर्थिक वर्ष ०७६।०७७ को बजेट विनियोजन गर्दा ‘हाम्रो जीवन पूर्वाधार विकाससँग जोडिएको छ, यस वर्ष पनि सडक, खानेपानी, कृषि, पर्यटन र शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको तामाङले बताउनु भयो ।

अहिले वडा कार्यलय भवनको लागि धमाधम काम भईरहेको छ वडा भवनको लागि पनि ३ लाख बजेट छुट्टयाइएको छ यो भवन छिटै निर्माण सम्पन्न हुने बताउनुभयो ।

यस्तो छ वडा न.३ को बजेट तथा वडा स्तरीय योजना :

१ भुमे माबि खेलकुद सामाग्री खरिद १ लाख

२ सरमथली खानेपानी ट्याङ्की निर्माण ४ लाख

३ बोल्नटोल खानेपानी ट्याङ्की निर्माण ४ लाख

४ पौडॉडा खानेपानी तथा पाईप खरिद १ लाख

५ चेप्टेढुङ्गा खानेपानी धारा निर्माण २ लाख

६ चैथलि धेरो खोलाको पानी पम्प ४ लाख

७ अन्तरटोल लगाङटोल शाखा सडक निर्माण २ लाख
८ कुडावाल चेप्टेङ्गा सडक स्तरोउन्नती ५ लाख

६ जिन्सेस खानेपानी तथा सडक मर्मत १ लाख

१० पचौटघाट झोलङ्गेपुल अधुरो गोरेटो बाटो निर्माण १ लाख

११ कृष्ण नगर टोल देखि ट्याक्टर चल्ने कृषि सडक सोलिङ मर्मत १ लाख

१२ अधुरो ठुलोखेत सिंचाई निर्माण २ लाख

१३ अधुरो युरी आप बगर सिंचाई निर्माण २ लाख

१४ वडा नम्बर ३ कार्यालय भवन निर्माण ३ लाख

१५ दलानटोल चिहानडाँडा सतल निर्माण २ लाख

१६ सरमथली स्वास्थ्य चौकी घडेरी निर्माण ६ लाख

१७ चैथलि पचरघाट प्रहरि चौकी भवनको घडेरी निर्माण २ लाख २९ हजार ४ सय

१८ कालीदेवी आँगन तथा बाल निर्माण २ लाख

१९ कुडुवाल कृषि सहकारी भवन निर्माण ३ लाख