आगलागी पिडितलाई भेट्न पुगे सांसद बमध्वज र पुर्व सांसद तिर्थ लामा (भिडियो सहित)

तेमाल – तेमाल गाउँपालिका वडा नं. १ स्थित खहरेघाटका आगलागी पिडितको घरमा संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज) र नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ क्षेत्रीय सभापति एवम पुर्वसासंद तथा युवा नेता तिर्थ लामा तथा तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ पुगेका छन् ।

युवा नेता तिर्थ लामा असार २२ गते आइतबार पिडितको घरको अवस्था हेर्न बुझ्न पुगेका थियोे । पिडितलाई भेटेर अत्यन्त मिलनसार, सहयोगी जीवन भण्डारीको घर, पसल आगोलागीबाट क्षति भएकोमा दु:ख व्यक्त गर्दै युवा नेता तिर्थ लामा तथा कार्यकर्ताले केहि रकम सहायोग गरेका छन् ।

यस अघि सांसद बमध्वज तामाङ तेमाल गाउँपालिका अध्यक्ष सलाम सिँ तामाङ र वडा अध्यक्ष सहितको टोली शुक्रबार पिडितको घरमै पुगी पिडित भेटेका थियो ।

भेटका क्रममा सांसद बमध्वजले क्षतिपूर्तिको लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर मात्र व्यक्त गरेको थियोे । पिडित सरस्वती मैनालीले घटना नियोजित ढंगले भएको आशंका उनीसँग गरेका थियोे ।

त्यसैगरि गाउँपालिका अध्यक्ष सलाम सिँ तामाङले ‘यो निक्कै नै दुःख लाग्ने घटना हो ।’ गाउँपालिकाबाट गर्नु पर्ने सहयोग कुनै पनि बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।

१७ गते राति १२ बाजे भीषण आगलागीबाट पसलमा रहेको नगद-जिन्सी सहित १ करोड ५० लाख बराबरको क्षति भएको अनुमान पिडितले गरिएको छ ।

हेर्नुस् भिडियो :