तेमाल खहरेघाट स्थित जीवन भण्डारीको पसलमा आगलागी हुदा करोड भन्दा माथिको समान नस्ट

तेमाल- तेमाल गाउँपालिका वडा न. १ सर्स्युखर्क खहरेघाट कच्ची सडक छेउमा रहेको जीवन भन्डारीको पसलमा मिति २०७६ साल असार १७ गते राती १२ बाजे भीषण आगलागी भई पसलमा रहेको नगद-जिन्सी सहित १ करोड ५० लाख बराबर पुरै नस्ट भएको छ।

आगलागी घरको माथिल्लो तला बाट भएको थियो।बिजुली को लाइन सर्ट पनि नभएको उनुहरुको दावी छ र आगलागीलाई शकास्पद रूपमा पनि अनुमान गरिएको छ। एकसरो कपडा जोगाउन असफल भएका छन्।ग्यासका सिलिन्डर पड्केर भोटटार , शिखरकटेरी, देउराली ,पाटीगैरामा समेत सुन्ने ठुलो आवाजका साथ पाड्केको थियो । वातावरण अत्यन्तै पिडादायी भएको आगोको मुस्लो ५० मिटर माथी सम्म पुगेको थियो ।

एउटा डोको बाट शुरूवात गरेको ब्यापार रातदिन नभनि उपभोक्ता लाई सानो सियाे देखि निर्माण सामार्गि सम्म सेवा दिदै आएका थिए पशु भेटेनरि प्राबिधिक समेत रहेका भण्डारी सानाे उमेर बाटै ब्यापार शुरू गरेर शून्य लेबल बाट कराेडाै व्यापार गरेका थिए अाज निजको करिब कराेड माथिका सम्पति नगद,सुन साथै अन्य सामाग्री र बासस्थान जलेर छिनमा खरानी भयाे लगाउने कपडा समेत नभएको अबस्थामा मानबिय क्षेती हुन बाट भने बचेका छन ।
दैनिक १लाख माथि सम्म ब्यापार हुने गरेको यस क्षेत्रमा जीवन भन्डारी एक सफल युवा ब्यापारी हुन्।

अहिले बस्ने ठाउँ पनि नरहेको हुनले पिडितबाट सहयोग गर्न अपिल गरेको छ ।