“नेवार समुदायलाई मात्र होइन सम्पुर्ण समुदायलाई दुईतिहाईको सरकारले आतङ्कित बनायो”– क्याप्टेन बिजय लामा

काठमाडौं– समाजमा घटेका घट्नाहरुलाई बेलाबेलामा उठाउने नागरिक अभियन्ता तथा क्याप्टेन बिजय लामाले गुठी बिधेयक सम्बन्धी बिषयमा पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो टिप्पणी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नेवार समुदाय मात्र नभएर सम्पुर्ण अन्य समुदायहरुलाइ पनि यस सरकारले आतङ्कित बनाउन थालेको बताएका छन् । लामाले केही समय देखि यो सरकारको काम गतिबिधीले आतंक मच्चाएको टिप्पणी गरेका छन् ।

क्याप्टेन लामाले काधमा काध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिने बताए । उनले दुईतिहाईको सरकारले जे गरे पनि हुन्छ भन्ने सोचले अघि बढेको बताउदै सबै जनता एकजुट भई सडकमा उत्रिए ईन्द्रको बाउ चन्द्रले पनि केही गर्न नसक्ने बताएका छन् । यसका साथै उनले गुठी बिधेयक फिर्ता लिन पनि माग गरेका छन् ।

हेर्नुस् उनले लेखिएको पोष्ट :