रोशन फ्युबाको गोरी गोरी – २ सार्वजानिक (भिडियो सहित)

काठमाडौँ – गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय गायक रोशन फ्युबाको गोरी गोरी–२ सार्वजानिक भएको छ । आफ्नै शब्द संगीत र स्वर रहेको गीतको भिडियोमा नायक पल शाह र भुटानका चर्चित नायिका उग्येन् छोदेनको जीवन्तको अभिनय रहेका छन् । साथमा म्हेन्दोमाया गायिका छिमी मम्बाको पनि अभिनय रहेको छ ।

गीत संगीतको माध्यमबाट देशको संस्कृति आदानप्रदान गर्न सकिन्छ भन्ने उद्देश्यका साथ गोरी गोरी २ लिएर आएको गायक फ्युबाले बताए ।

भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन भने राम कुमार केसी ले छायान्कन गरेका छन् । सम्पादन स्वयं गायक फ्युबाले गरेको छ । ल्हाप्साङ्कार्पो म्युजिक सेन्टरले निर्माण गरेको भिडियोलाई सोही अफिसियल च्यान्नल मार्फत सार्वजनिक गरेको हो । बिभिन्न १० भन्दा बढी भाषामा सब टाइटल गरिने भिडियोमा सुरुमा ८ भाषामा सब टाइटल गरिएको छ । आगामी दिनमा अरु भाषा मा पनि सबटाइटल गरिने बताइन्।