काभ्रेको बनेपा र तिनपिप्लेमा बम विष्फोट

काभ्रेको दुई स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले बम विष्फोट गराएका छन्।

आइतबार साँझ बनेपाको चारदोबाटो देखि अरनिको राजमार्गको तरकारी बजारसम्म मशाल जुलुस गरेका माओवादी विप्लवका कार्यकर्ताहरुले सोमबार बिहान बनेपा पनौती सडकको रातोपुल नजिकै विष्फोट गराएका छन्।

यस्तै, सोमबार विहान ४ बजे पाँचखाल ६, तिनपिप्ले बजारमा पनि विष्फोट गराएका छन्।