तामाङ चलचित्र ‘म्हारमेन’को पहिलो गीत सार्वजनिक- भिडियो हेर्नुहोस्

काठमाण्डौं–तामाङ चलचित्र ‘म्हारमेन’ को गीत ‘मी चीम चीम’ युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

चलचित्र निर्माण टिमले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा गीतको भिडियो सार्वजनिक गरेको हो ।


एभरेष्ट फेसन होमको प्रस्तुतीमा रहेको उक्त भिडियोलाई डम्फु मिडियाको आफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

गायक तथा संगीतकार विशाल काल्तान र गायिका जितु लोप्चनले स्वर दिएको उक्त गीत विशाल काल्तानकै शब्द रचना तथा संगीतमा तयार भएको हो भने भिडियो चलचित्र छायाङका कर्ता बिक्रम लामाले गरेका हुन । भिडियोमा अमिर दोङ, रञ्जीता ब्लोन र सुष्मा मोक्तान लगाएतको अभिनय रहेको छ ।

चलचित्रमा नायक अमिर दोङ र नायीका रञ्जिता ब्लोनको केमेष्ट्री दर्शकले मन पराउने निमार्ण पक्षले विश्वास लिएको छ ।चलचित्रको गित ‘मी चीम चीम’ बारे जानकारी दिर्दै नायिका रञ्जिता ब्लोनले भनिन्– दर्शकहरुमो माया र सद्भावले आज गित सार्वजनिक गरेका छौं  “यसअघिनै टिकटकमा चर्चा पाईसकेको म्हारमेन चलचित्रको गीत अब आम दर्शक स्रोताको मनमनमा पुग्दैछ, यहाँहरुको साथ र हौसला प्रति आभारी छौं । ”उनले चलचित्रको छायाङ्कन अन्तिम चरणमा पुगेको बताईन । ‘चलचित्रको छायाङ्कन अन्तिम चरणमा पुगेको छ उनले भनिन् ‘केही महिना भित्रै चलचित्र दर्शकहरुको माझ ल्याउने छौ ।

’ ‘मी चीम चीम’ भिडियोमा देखिएका अमिर दोङ, रञ्जीता ब्लोन र सुष्मा मोक्ताननै चलचित्रका मुख्य कलाकारहरु रुपमा देखिने छन् ।

निर्देशक तथा कोरियोग्राफर अजय स्याङतानको निर्देशनमा बन्न लागेको चलचित्रमा ऋतुराज पाख्रिनको कथा तथा दोर्जे तामाङको पटकथा र संवाद रहेको छ , त्यस्तै चलचित्र बिनोद लामा र सुनी लामाले निर्माण गरेका हुन ।प्रोडक्सन म्यानेजर कुईसाङ रुम्बा रहेका छन् ।

सो चलचित्रमा सन्धिुपाल्चोक,दोलखा, कालिन्चोक, लगाएतका ठाँउहरुमा छायाङ्कन गरिएको छ । भिडियो हेर्नुहोस्